Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

सरकारले सार्वजनिक गर्‍यो नयाँ तलबमान, साउनदेखि १० प्रतिशत प्रोत्साहन भत्ता लागू हुने

Editorial Team by Editorial Team
August 6, 2026
in Government, Nepal, News
0
“राजीनामाको सुनामी: विश्वविद्यालयहरूमा प्राज्ञिक संकट कि राजनीतिक शुद्धीकरण?”
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार साउनदेखि लागू हुने गरी निजामती कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्य सेवा, शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीको नयाँ तलबमान निर्धारण गरिएको हो।

गत साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो। सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो।

अर्थ मन्त्रालयले बुधबार सरकारी निकायलाई पठाएको पत्रमार्फत नयाँ तलबमानबारे जानकारी गराएको हो। नयाँ व्यवस्था अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले नयाँ तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम तथा वृद्धि भएको तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउनेछन्।

मन्त्रालयले निवृत्तभरण प्रयोजनका लागि समेत विभिन्न श्रेणीको नयाँ तलबमान निर्धारण गरेको छ।

नयाँ तलबमानअनुसार:

  • मुख्य सचिव — ८४ हजार ९३२ रुपैयाँ
  • राजपत्रांकित विशिष्ट श्रेणी — ७९ हजार २९० रुपैयाँ
  • अतिरिक्त सचिव (पेन्सन प्रयोजन) — ६६ हजार ५३९ रुपैयाँ
  • राजपत्रांकित प्रथम श्रेणी — ६२ हजार ४६६ रुपैयाँ
  • राजपत्रांकित द्वितीय श्रेणी — ५३ हजार ६११ रुपैयाँ
  • राजपत्रांकित तृतीय श्रेणी — ४८ हजार ५८ रुपैयाँ

त्यस्तै, राजपत्र अनंकित कर्मचारीतर्फ:

  • राजपत्र अनंकित प्रथम (अतिरिक्त मान पेन्सन) — ४१ हजार ५१७ रुपैयाँ
  • राजपत्र अनंकित प्रथम — ३८ हजार २०३ रुपैयाँ
  • राजपत्र अनंकित द्वितीय (अतिरिक्त मान पेन्सन) — ३७ हजार ४०७ रुपैयाँ
  • राजपत्र अनंकित द्वितीय — ३६ हजार १९२ रुपैयाँ
  • राजपत्र अनंकित तृतीय — ३० हजार ३७३ रुपैयाँ
  • राजपत्र अनंकित चतुर्थ — २८ हजार ६९० रुपैयाँ

अर्थ मन्त्रालयले नयाँ तलबमान कार्यान्वयन गर्न सम्बन्धित सबै सरकारी निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।

Advertisement Banner
Previous Post

मुसुरोको दाल : शरीरका लागि पोषणको स्रोत, तर सेवनमा सन्तुलन आवश्यक

Next Post

Nagendra Sah appointed as NOC Executive Director

Editorial Team

Editorial Team

Next Post
Nagendra Sah appointed as NOC Executive Director

Nagendra Sah appointed as NOC Executive Director

Recommended

निरु न्यौपानेका  दुई कृति लोकार्पण

निरु न्यौपानेका दुई कृति लोकार्पण

4 years ago
रम्बास् कविता:चुरा

रम्बास् कविता:चुरा

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.