नक्कली शैक्षिक प्रमाणपत्रले काठमाडौंका सिडिओ गृहमा तानिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालयमा तानेको छ ।नक्कली शैक्षिक प्रमाणपत्र रहेको आरोप लागेका सिडिओ आचार्यलाई गृहले मन्त्रालयमा तानेको हो ।शैक्षिक प्रमाणपत्रमा कैफियत भएको देखिएका आचार्यलाई गृह मन्त्रालयमा तानिएको गृह स्रोतले बतायो ।आचार्यको ठाउँमा अहिलेसम्म भने कसैलाई पठाईएको छैन । यसबारे अहिले गृहमन्त्री र गृह सचिवबिच छलफल भइरहेको स्रोतले बतायो ।
Leave A Reply

Your email address will not be published.