कविकेशरीको चित्तधर ह्रदयको जन्मजयन्तीको अवसरमा नेपालभाषा परिषद्ले कविकेशरी चित्तधर ह्रदयको ११६ औं जन्मजयन्तीको अवसरमा विविध विधाका छ जना स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ ।
परिषदको कार्यसमितिको हालै बैठकले भाषाथुवाको उपाधि कवि नवीन चित्रकारलाई,
चित्तधर सिरपा कवि डा.आनन्द जोशीलाई, मोतिलक्ष्मी सिरपा कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपा कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपा नियात्राकार विमलप्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपा समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कृत तथा सम्मानित हुने सबै स्रष्टाहरू नेपालभाषा साहित्यमा विगत चार साढे चार दशकदेखि विविध विधामा क्रियाशील रहेर योगदान गरिरहेकाले उक्त सम्मान तथा पुरस्कार दिने निर्णय गरिएको परिषदले जनाएको छ ।
परिषद्ले सो पुरस्कार यही जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ । त्यसअघि परिषदले जेठ १२ गते बिहान कालीमाटीस्थित कविकेशरीको पूर्ण कदको सालिकमा माल्यार्पण गर्ने जनाएको छ ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.