Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा त्रयकवि विष्णुविभु घिमिरे, गीता त्रिपाठी र सगुन सुसारा पुरस्कृत

himalaya Diary News Service by himalaya Diary News Service
March 15, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा त्रयकवि विष्णुविभु घिमिरे, गीता त्रिपाठी र सगुन सुसारा पुरस्कृत
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

 

विराटनगर, ३०, फागुन, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, विराटनगरले कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, साहित्यकार डा. गीता त्रिपाठी र कवि सगुन सुसारालाई एक समारोहका बीच नगद राशि तथा प्रमाणपत्रसहित पुरस्कृत गरेको छ ।

 

प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार २०७७’ लामो समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. विष्णुविभु घिमिरेलाई दोसल्ला, नगद २५ हजार रुपैयाँ र सम्मानपत्र अर्पण गरेको थियो ।

 

यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराँती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक र भागिरथी श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

 

 

यसै गरी नेपाली कविता, समालोचना विधामा दिएका योगदानका लागि ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान २०७७’ कवि तथा समालोचक डा. गीता त्रिपाठीलाई नगद पन्द्रह हजार रुपैयाँ र सम्मानपत्र सहित अर्पण गरिएको थियो । यस्तै कविता विधामा दिएका योगदानका लागि ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार २०७७’ कवि सगुन सुसारालाई नगद एघार हजार रुपैयाँ र सम्मान पत्र सहित अर्पण गरिएको थियो ।

 

तीनैजना कविहरूलाई वरिष्ठ कवि जसराज किराँती, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंक न्यौपाने, प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, डा. गोपाल भण्डारी, विराटनगर–१० वडाध्यक्ष माधव वाग्लेलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

 

आयोजक संस्थाका महासचिव प्राज्ञ विवश पोखरेलले वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा हरेक वर्ष साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई संस्थाले पुरस्कृत गर्दै आएको बताउनुभयो । सोही अवसरमा कवि कृष्ण बराल, मुनाराज शेर्मा, राधिका गुरागाईं, देवान किराँती, मञ्जुश्री गिरी, भरत गुरागाईं, सविता गौतम दाहाल, मीनकुमार नवोदित, राज माङ्लाक र दीपा दाहालले कृष्णभूषण बलले लेख्नु भएका कविता वाचन गर्नुभएको थियो ।

 

 

Advertisement Banner
Previous Post

The 15th edition of the Jaipur Literature Festival ends with reflection, hope and debate

Next Post

पारिजात सिर्जन सम्मानद्वारा चार स्रष्टा सम्मानको घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
पारिजात सिर्जन सम्मानद्वारा चार स्रष्टा सम्मानको घोषणा

पारिजात सिर्जन सम्मानद्वारा चार स्रष्टा सम्मानको घोषणा

Recommended

Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Election Commission makes bank accounts mandatory for election campaign expenses

6 months ago
यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

5 months ago

Don't Miss

Former PM , former Nepali Congress (NC) President Sher Bahadur Deuba delivered an emotional defence of democracy and the republic

Former PM , former Nepali Congress (NC) President Sher Bahadur Deuba delivered an emotional defence of democracy and the republic

August 14, 2026
‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.