Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

लालगोपाल सुवेदीको विशेष कविता वाचन कार्यक्रम जापानको टोकियोमा सम्पन्न

Editorial Team by Editorial Team
February 24, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
लालगोपाल सुवेदीको विशेष कविता वाचन कार्यक्रम जापानको टोकियोमा सम्पन्न
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ – अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएकाे कवि तथा गीतकार लालगोपाल सुवेदीको विशेष कविता वाचन कार्यक्रम जापानको टोकियोमा सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा सम्पन्न कार्यक्रममा कवि सुवेदीले एक दर्जनभन्दा बढी कविताहरू वाचन गर्नुभएको थियो। अनेसास केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका सुवेदीले नेपाली साहित्यलाई नोबेल पुरस्कारको स्तरसम्म पुर्‍याउन संस्थागत प्रयास आवश्यक रहेको उल्लेख गर्दै अबको लेखन सङ्ख्यात्मकभन्दा गुणात्मक हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली भाषा–साहित्यको क्षेत्रमा अनेसास जापानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै जापान च्याप्टरलाई अनेसासको मेरुदण्ड भएको दाबी गर्नुभयो।
यसअघि फेब्रुअरी १७ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाले राजधानी सउलमा आयोजना गरेको कार्यक्रममा पनि उहाँको विशेष प्रस्तुति रहेको थियो। चार दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय सुवेदीका डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
कार्यक्रममा कवि सुवेदीप्रति सम्मान प्रकट गर्दै अनेसास जापानका पूर्वअध्यक्ष दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, रबिन शर्मा तथा सल्लाहकार सविना रेग्मीले उहाँका कविता वाचन गर्नुभएकाे थियाे । साहित्यकार तथा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले कवि सुवेदीको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रमको सुरुवातमा दिवङ्गत गायक प्रशान्त तामाङको सम्झनामा तस्बिरमा माल्यार्पण गरिएको थियो। सुवेदीकै शब्द रहेको “बिछोडको करौँतीले काट्नु मनै काट्यो” गीत सामूहिक रूपमा गाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो।
अनेसास जापानको ८०औँ नियमित साहित्यिक शृङ्खलासमेत रहेको कार्यक्रममा युको ओकामोतो, लक्ष्मी राई, मञ्जु गिरी, प्रवण पोखरेल, नविन कँडेल, पूजा अर्याल, हरिबिनोद अधिकारी, विष्णु सुवेदी ‘निशान’, दीप पाठक र सरोज घिमिरेलगायतले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।
अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको सभापतित्व तथा सचिव विनिशा सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुवास लामिछाने, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष समुद्रराज पौडेल तथा अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम संयोजक तथा अनेसास जापानका कोषाध्यक्ष सरोज घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव नारायण पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

Advertisement Banner
Previous Post

चीनको परम्परागत स्प्रिङ फेस्टिभल यात्राको चाप बढेसँगै ‘एयर ट्याक्सी’ को मागमा वृद्धि

Next Post

Asia-Pacific leaders meet to fast-track action on water, energy, cities and development partnerships ahead of 2030 deadline

Editorial Team

Editorial Team

Next Post
Asia-Pacific leaders meet to fast-track action on water, energy, cities and development partnerships ahead of 2030 deadline

Asia-Pacific leaders meet to fast-track action on water, energy, cities and development partnerships ahead of 2030 deadline

Recommended

Nepal hotels to ban single-use plastic by 2024

Domestic and Indian tourist numbers fall in Lumbini

9 months ago
प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.