काठमाडौँ, भाषासेवी तथा साहित्यकार चूडामणि गौतमको निधन भएको छ ।
गाैतमको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो ।
तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो ।
गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तकहरू प्रकाशित छन् ।
यसै वर्ष गाैतमलाइ भैरव पुरस्कार गुठीद्वारा २०८१ का लागि वाङमय पुरस्कार प्रदान गरिएकाे थियाे । साेमबार साँझ पशुपति आर्यघाटमा गाैतमकाे अन्तिम संस्कार गरियाे ।
Trending Now
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
Comments are closed.