कागती (वैज्ञानिक नाम: Citrus × lemon) एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । यो एक काँडेदार रुखमा फल्दछ । कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ ।पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ ।
दिनहुँ कागती पानी पिउँदा तपाईँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
यदि तपाईँ चिसो मौसममा हिमालतिर जाँदै हुनुहुन्छ वा समुद्रको किनारमा घुम्दै हुनुहुन्छ वा पानी परेको समयमा बाहिर निस्कदै हुनुहुन्छ भने जानुभन्दा अगाडि भिटामिन सीयुक्त कागतीपानी खाएर सम्भावित चिसोबाट बच्न सक्नुहुन्छ ।
फाइदा
छालामा चमक
कागतीमा एन्टिअक्सिडियन्ट्स हुन्छ जसले सूर्यको कडा प्रकाश, प्रदुषण र एलर्जीपछि हुने छालाजन्य समस्याबाट बचाउँछ । भिटामिन सीले बुढ्यौलीपनलाई रोक्छ र अनुहारको छालालाई कसिलो बनाउँछ ।
तौल घटाउँछ
कागती पानीले शरिरमा हुने निश्चित चिल्लो पदार्थको मात्रालाई नियन्त्रण गरी शरिरको रगत र कलेजोको कोलोस्ट्रोल तहलाई घटाउँछ । शरीरमा हुने मेटाबोलिजम प्रक्रियालाई सशक्त बनाउँछ ।
अम्लियपनले शरिरमा क्षार बढाउछ
कागतीले शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । किड्नीले साबधानीपूर्वक रगतलाई नियन्त्रण गरी पीएच ७ दशमलब ४ बनाउँछ । तर, कागती पानी खाएर यसलाई हलुका बनाउन सकिन्छ ।
राम्रो पाचन प्रक्रिया
कागती पानीले आन्द्रालाई सफा गरि पाचन प्रणालीलाई सहज बनाइदिन्छ । आन्द्रामा रहेका उत्तेजित विकारलाई कागतीको अमिलोले एउटा फलसको काम गर्छ ।
कलेजो र किड्नीको विष हरण गरिदिन्छ
कागतीले कलेजोलाई सफा र कलेजोलाई सशक्त बनाइदिन्छ । कलेजोका इन्जाईमहरु कमजोर भएमा उर्जा प्रदान गर्छ र रगतको उत्तेजक पर्दाथलाई फिल्टर गरिदिन्छ ।
ऊर्जा दिन्छ
सामान्यभन्दा बढी थकित महशुस गर्नुभएको छ । राम्रोसँग सुत्दा पनि कमजोर भइरहेको छ ? यदि यस्तो लक्षण देखिएको छ भने तपाईँमा रक्तअल्पताको संकेत हो र भिटामिन सीयुक्त कागती एउटा अचुक औषधी नै हो । किनकी यसले तपाईको शरिरलाई आइरन सोस्न सहयोग पु¥याउँछ ।
क्यान्सरबाट बचाउँछ
एन्डिअक्सिडियन्ट र भिटामिन सीयुक्त कागतीले शरिरमा अनावश्यक तत्वहरुलाई नष्ट गर्न र क्यान्सरको खतराबाट बचाउछ ।
स्वस्थ शरीर
कागती पानीमा पर्याप्त पोटासियम हुन्छ जसले दिमागलाई स्वस्थ राखनुका साथै रक्तचापलाई नियन्त्रणमा राख्छ ।
ताजा सास
सुक्ष्मजीवाणू बिरोधी तत्व रहेको कागतीलाई पानीमा निचोरेर खाँदा तपाईको श्वासको दुर्गन्ध हटाउनुका साथै मुखमा हुने रोग लाग्नबाट बचाउँछ ।
कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ ।
बेफाइदा
पेट खराब हुने
यदि तपार्इं दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।
दाँत झन्झनाउने
माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।
डिहाइड्रेसन
कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।
माइग्रेन र टाउको दुख्ने
कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
मिर्गाैला र पित्ताशयको थैलीको समस्या
कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।
छाला डढ्ने
हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।
Comments are closed.