काठमाडौं-तराईं/मधेस द्रुतमार्ग सडक आयोजना (फास्ट-ट्र्याक) अन्तर्गत लेनडाँडा सुरूङगमार्ग ब्रेक थ्रु भएको छ।
शुक्रबार प्याकेज नम्बर २ मा रहेको मकवानपुर बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरूङमार्गको ब्रेक थ्रु भएको हो।
जोडी सुरूङमार्गमध्ये १६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरूङ मार्गको ब्रेकथ्रु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अर्को तर्फको सुरूङमार्ग विशेष कार्यक्रमसहित ब्रेकथ्रु गर्ने योजना छ।
Comments are closed.