कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गरौँ:देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन् ।उनले कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए ।पार्टीमा आबद्ध महिलाहरूलाई अझ बढी सशक्तिकरण गर्दै कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाई छ ।

Comments are closed.