अनेसास जापानद्वारा काव्य वाचन तथा पुस्तक लोकार्पण सम्पन्न

अनेसास जापानले टोकियोमा मंगलबार आफ्नो नियमित ६५ औँ साहित्य श्रृङ्खला तथा साहित्यिक कार्यक्रमको अवसरमा जापानमै रहेका ३ जना श्रष्टाका तीन कृतिको लोकार्पण सहित भव्य कार्यक्रम सम्पन्न गरिएको छ ।
लोकार्पित कृतिहरुमा मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’, मञ्जु गिरीको कविता संग्रह ‘साकुराको देशबाट’ र केबी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ रहेका छन् ।
प्रकाशित कृतिहरूको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी क्षेत्रीले विमोचन गर्नुभएको थियो ।
उक्त साहित्यिक समारोहमा बोल्दै राजदूत डा। क्षेत्रीले प्रवासका नेपाली मनहरूलाई घरबाससँग जोड्न नेपाली भाषा, साहित्य र कलाको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो ।
विमोचित तीन कृतिहरुमाथि फरक(फरक तीन साहित्यकारहरूले समीक्षात्मक चर्चा गर्नुभएको थियो । जसअनुसार मितेरीको ‘कामी’ कृतिका बारेमा साहित्यकार अमृत ढकाल, गिरीको ‘साकुराको देशबाट’ कृतिका बारेमा अनेसासका केन्द्रीय सचिव तथा अनेसास जापानका पूर्व अध्यक्ष दीप पाठक र पारखीको ‘मनको मन्दिर’ कृतिका बारेमा साहित्यकार गोविन्द गिरीले समीक्षात्मक विश्लेषण गर्नुभएको थियो ।
साहित्यिक समारोहको दोस्रो चरण ‘मुक्तक मञ्जरी’ मा मुक्तककारहरू क्रमशः अरुण पौडेल, पीताम्बर चापागाईं, रचना रचु र समर प्रेमको सशक्त एवं चोटिला मुक्तकहरूले देश, काल, समय, परिस्थिति, थिति(बेथिति, प्रेम, संयोग, वियोग, आरोह(अवरोह, क्रान्ति(शान्ति तथा विद्रोहका आगो ओकलेका थिए ।
साहित्यिक समारोहमा अनेसास जापान तथा अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल ‘माइला’ प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाल र नेपाली भाषा(साहित्यबारे जानकार जापानी नागरिक हारुहितो नोजु, नेपाल जापान चेम्बर अफ कमर्श जापान च्याप्टरका अध्यक्ष डा। बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, अनेसास जापानका पूर्व अध्यक्ष आलोक चालिसे लगायतले विमोचित कृति र सामाजिक रुपान्तरणका लागि साहित्य एवं भाषाको महत्त्व एवं उपादेयता बारेमा प्रकाश पार्नुभएको थियो ।
साहित्यिक समारोहमा मीनराज बास्तोला, यमा शेचन गुरुङ, गृष्मा पौडेल लगायतका स्रष्टाहरूले आ(आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानकी संरक्षक अनिता गुरुङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, गलकोट समाज जापानकी कालिका थापा, पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष अमित गौतम, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन लगायत साहित्यमा रुचि राख्ने ब्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रियगानबाट अनेसास जापानका अध्यक्ष रविन शर्माको सभापतित्वमा सुरु भएको साहित्यिक समारोहको प्रारम्भमा अनेसास जापानका उपाध्यक्ष आनन्द अधिकारीको साहित्यिक स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव अनिलकुमार ‘निर्दोष’ को रहेको थियो ।

 

Comments are closed.