अनेसास जापानद्वारा ‘टोकियो कविता कन्सर्ट–२’ सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानद्वारा आयोजित ‘टोकियो कविता कन्सर्ट – २’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।
कार्यक्रममा कविहरू जयन्ती मगर सरगम, शरद् पोखरेल, डा. वैकुण्ठ भट्ट र सविना रेग्मीद्वारा देशप्रेम, जागरण, परदेशका कथा, प्रेमलगायतका कविताहरु प्रस्तुत भए । अनेसास जापानको कविता कन्सर्टमा लगातार २४ कविताहरू वाचन भएको थियो ।

जयन्ती मगरले ‘रेमिट्यान्सले देश धानिरहेछ’ भन्दै प्रवासी आवाजका साथ सुरु गर्नुभएर, ‘भीरफूल’ शीर्षकमा नारी उत्थानका कुरा, ‘ल्हासा आएकी मूना’मार्फत विवसताले परदेशिएकाको कथा, ‘बेपत्ता सन्तानलाई आमाको आव्हान’मार्फत मातृप्रेम, ‘फूलमायाको बयान’मा हुरीमार्फत विद्रोहका आवाज, अनि ‘हुक्का र तिमी’ शीर्षकमा रतिराग प्रेमभावलाई प्रकट पार्ने कविता पस्कनुभएको थियो ।
यसैगरी, कवि शरद् पोखरेलले ‘ख्वामितका जुत्ता’मार्फत दमनको प्रवृत्तिमाथि प्रहार गर्दै कविता वाचनको उद्घाटन गर्नुभएको थियो । ‘बा, गाई र देश’मार्फत कर्मशील बुवाका कर्मलाई सम्मान गर्दै सम्झना गरेका पोखरेलले जातीय विभेदविरुद्धको आवाजलाई कवितामार्फत रुपा “सुनारको हातमा के छ ?” भनी न्यायालय र समाजप्रति प्रश्न राखेका थिए । ‘शिरको मोति’मार्फत आफ्नी अर्धागिङ्नीलाई समर्पित प्रेमभावको सर्मपण गरेका पोखरेलले ‘उ बेलाको बर्खा’मार्फत बाल्यकाललाई टपक्क शब्दमा उनेर कविता भावमा सुनाउँदै, आफ्नो धेरै रुचाइएको कविता ‘मेरा गणितका गुरु’ सुनाउँदै जीवन र शिक्षाको तालमेललाई मेल गराउन अनुरोध गर्दै सहभागीहरुलाई कविता कन्सर्टमा मन्त्रमुग्ध बनाएर बिदा भएका थिए ।

 

Comments are closed.