काठमाडाैं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
प्रदेश सभाको पाँचौं अधिवेशनकाे पहिलाे बैठक आजदेखि प्रदेश सभा भवन राप्ती उपत्यकामा सुरु हुन लागेकाे हाे ।
मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेश सभाको हिउँदे अधिवेशनकाे बैठक आज दिउँसो २ बजे बस्नेगरी आह्वान गर्नुभएकाे हाे ।
आजकाे बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनुहुनेछ । बैठकमा दलको तर्फबाट सांसद्हरुले शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची पनि रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभाकाे चौथो अधिवेशन गत भदाै ३१ गते अन्त्य भएको थियो ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.