‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ ।

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौँ उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १ सय ५ छुट पाउनेछन् । यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् ।

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यास ब्याक ) फिर्ता गर्न यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ ।

एनएमबि बैंकले हाल देशभरि २ सय १ शाखाहरू, १ सय ४६ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Comments are closed.