जनकपुर : मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ।
मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताए। उनले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरी नीति निर्माण गरेर अगाडि बढ्ने समेत जानकारी दिए।
आज बैठकमा छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिए।
आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनै पनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
Comments are closed.