सुर्खेत, ।सुर्खेतमा श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ। शुक्रबारदेखि वीरेन्द्रनगरस्थित खुलामञ्चमा महायज्ञ सुरु भएको हो। सडकमा जीवन विताउन बाध्य असहायलाई सेवा दिने उद्देश्यका साथ संरचना निर्माणार्थ महायज्ञ मंसिर २८ गतेसम्म चल्नेछ।
शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महायज्ञको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आश्रम निर्माणमा प्रदेश सरकारको सहयोग रहने बताएका छन्।
‘मानवताका लागि सबैले सहयोग गर्नुपर्छ, यो पुण्य काम हो,’ उनले भने, ‘पुण्य कार्यमा सहभागी हुन सबैलाई आह्वान पनि गर्दछु।’
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहनेछन्। महायज्ञ अवधिभर गौतमले निशुल्क कथा बाचन गर्ने भएका छन्। मानवसेवा आश्रमको पहलमा भएका यसअघिका महायज्ञमा पनि उनले निशुल्क कथावाचन गरेका थिए। कथावाचक गौतम बिहिबार नै सुर्खेत आएका थिए।
महायज्ञमा सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरुको सामुहिक उपस्थिति रहनेछ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ। सामाजिक संस्कृति झल्किने झाँकी, नाच पनि प्रस्तुत गरिनेछ।
महायज्ञबाट प्राप्त रकम मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणमा लगाईने महायज्ञ मुल आयोजक समितिका संयोजक डा. नवराज केसीले बताए। यसका लागि वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको गंगामाला धार्मिक तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ। उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ सुरु गरिएको हो।
अहिले मानवसेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ। ०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ। उक्त आश्रममा अहिले ८० जना असहाय मानिस आश्रित छन्।
भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। महायज्ञबाट करिब ५ करोडक रकम संकलन हुने अपेक्षा गरिएको छ।
मुल आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्ने दाताहरुलाई सम्मान गरिनेछ। एक करोडको योगदान गर्ने दाताको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिनेछ।
५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिनेछ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.