काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि नाटक ‘चोरको स्वर’मञ्चन हुने भएको छ । आर्टमान्डु नेपाल प्रा.लि.को प्रस्तुति रहेको नाटकमा विशेषगरी लिम्बू समुदायमा विद्यमान भागी विवाहको फेहरिस्तलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ । नवीन चौहानको कथालाई नाटकका रुपमा परिकल्पना तथा निर्देशन रंगकर्मीहरु अनिल सुब्बा र अन्वेश राई थुलुङले गरेका छन् ।
समुदायमा मन परापर भएर कुनै केटाले केटीलाई भगाइसकेपछि केटा पक्षबाट केटीको माइतीमा भद्रभलाद्मीहरु विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई ‘चोरको स्वर’को रुपमा लिइन्छ । ‘हजुरहरुको छोरी चेली हाम्रो साथमा आइपुगेकी छिन्, हाम्रो छोरा भतिजले माया गरेर, खुसी साथ राखेको छ,’ भन्ने गरिन्छ । माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बु संस्कार, रीतिरिवाजअनुसार विवाहको प्रसंग अघि बढ्छ ।
नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमु, प्रतिना राई लगायतका कलाकारको अभिनय छ ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.