Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सहिद दिवस :आज देशभर सहिद दिवस मनाइँदै

Editorial Team by Editorial Team
January 30, 2026
in Nepal, News
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –-विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदै छ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएको थियो ।

Advertisement Banner
Previous Post

काठमाडौँमा सुन लुट्ने १० जना पक्राउ

Next Post

लघुकथा समाजबाट सम्मान तथा पुरस्कारको घोषणा

Editorial Team

Editorial Team

Next Post
लघुकथा समाजबाट सम्मान तथा पुरस्कारको घोषणा

लघुकथा समाजबाट सम्मान तथा पुरस्कारको घोषणा

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

World Bank Approves $75 Million Loan to Support Eswatini’s Economic Recovery from COVID-19

4 years ago
Saurya Airlines resumes flights after 18-month suspension

Saurya Airlines resumes flights after 18-month suspension

6 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.