Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजामाभीषण आगलागी: ८ जनाको मृत्यु

Editorial Team by Editorial Team
January 19, 2026
in News, World
0
पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजामाभीषण आगलागी: ८ जनाको मृत्यु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कराँची – पाकिस्तानको सबैभन्दा ठुलो सहर कराँचीमा रहेको गुल प्लाजामा भएको भीषण आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना दमकलकर्मी भएको बताइएको छ ।
दर्जनौँ मानिस अझै बेपत्ता रहेको आशङ्कामा उद्धारकर्मीहरूले खोजी कार्य तीव्र बनाएका छन् । शनिबार राति सुरु भएको आगो निभाउन दमकलकर्मीलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो ।
करिब ८ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस प्लाजामा झन्डै १ हजार २०० पसल सञ्चालनमा थिए । आगलागीपछि भवनका विभिन्न भाग भत्किएका छन् ।
यसले गर्दा उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । भेन्टिलेसनको अभाव र भग्नावशेषले खोजी कार्यलाई थप जटिल बनाएको छ । परिवारका सदस्यहरूका अनुसार ५८ जना सम्पर्कविहीन छन् ।
बेपत्ता भएका मानिसका आफन्तहरू भवन बाहिर खबर पर्खिरहेका छन् । सहर प्रशासनले बेपत्ताहरूको विवरण सङ्कलन गर्न विशेष डेस्क स्थापना गरेको छ । रेस्क्यु ११२२ का प्रवक्ता हसन खानका अनुसार प्लास्टिक फोम, कपडा र परफ्युमजस्ता ज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको हो ।
भवनबाट आइतबारसम्म पनि धुवाँ निस्किरहेको र यो थप भत्किन सक्ने खतरा रहेको बताइएको छ । सामूहिक विपद् प्रोटोकल लागू गरिएको प्रहरीले जनाएको छ ।

Advertisement Banner
Previous Post

चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा

Next Post

सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

Editorial Team

Editorial Team

Next Post
सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

Recommended

US President Trump Urges UK Not to Hand Diego Garcia to Mauritius Amid Iran Tensions

US President Trump Urges UK Not to Hand Diego Garcia to Mauritius Amid Iran Tensions

6 months ago
Moscow Expands AI Diagnostic Platform to Regions, Surpassing 10 Million Image Analyses

Moscow Expands AI Diagnostic Platform to Regions, Surpassing 10 Million Image Analyses

6 months ago

Don't Miss

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

August 13, 2026
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

August 13, 2026
देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

August 13, 2026
चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.