काठमाडौँ- नेपालको संस्कृति दशाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिस टुरिजम क्विन वल्र्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ । एसएसके मिडियाले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेष्ठ २ गते काठमाडौंमा हुने जानकारी गरायो ।
पत्रकार सम्मेलनमा आयोजक एसएसके मिडियाका अध्यक्ष सन्तोष सिलवालले नेपालका विभिन्न भेषभुषा, कला, संस्कृति, भाषा सौदर्य प्रतियोगितामार्फत् देखाई देशमा विदेशी पर्यटक भित्राउने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाए । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई विभिन्न ठाउँंहरुमा घुमाई नेपालको विभिन्न जानकारी गराई नेपालबारे जानकारी गराइनेछ । प्रतियोगितामा १६ देखि २९ वर्षीय युवतीहरु सहभागी हुन पाउनेछन् । प्रतियोगितामा घटीमा २५ जना सहभागी गराइने उनले जनाए । उनका अनुसार यस्ताखाले प्रतियोगिता यो नै नेपालको पहिलो हो ।
सम्मेलनमा मिष्टर मोडेल अफ दी वल्र्ड २०१८ दिक्पाल कार्कीले कार्यक्रममार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जनाए । मौलिक कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सौन्दर्य प्रतियोगिता आयोजना हुने उनले स्पष्ट पारे ।
आयोजकका अनुसार प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपाललाई यस्ता कार्यक्रममार्फत विश्वसामु थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने विश्वास लिइएको छ । प्रतियोगिताले देशको मौलिक पहिचान, परम्परा र संस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा पहिलो हुने विजेतालाई रु १ लाख नगदसहित विभिन्न आकर्षक पुरस्कारबाट सम्मानित गरिनुका साथै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ । प्रतियोगितामा फष्ट रनर अपलाई रु २५ हजारसहित विभिन्न पुरस्कार तथा पारिवारिक पोखरा भ्रमणको अवसर प्रदान गरिनेछ । साथै सबै सहभागीहरूलाई आयल्स वा जापानी भाषा कक्षा निःशुल्क तथा कम्प्युटर तालिम निःशुल्क उपलब्ध गराइनेछ ।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा मिस नेपाल २००५ सुगारिका केसी, मिष्टर मोडल अफ दी वल्र्ड २०१८ दिक्पाल कार्की, चर्चित गायक आनन्द कार्की तथा विशेष विदेशी अतिथि नोवेल किंग र्याे साकागुची र उनको फेशन समूहको सहभागिता रहनेछ ।
कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति तथा परम्परागत पहिरनमा आधारित विशेष प्रस्तुति समेत रहनेछ । आयोजकका अनुसार प्रतियोगितामार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई १५ दिने तालिम प्रदान गरिने जानकारी दिइएको छ । तालिम अवधिमा सहभागीहरूलाई नेपालको विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराइने, फोटोसुट गराइने तथा पर्यटनसम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछ ।
प्रतिस्पर्धामा सहभागी हुन प्रति प्रतिस्पर्धी पाँंच हजार रुपैयाँं बुझाउनुपर्ने जनाइएको छ । यस कार्यक्रमको मेक पाटर्नरको रूपमा फेसियल हाउस तथा एजुकेशन पार्टनरको रूपमा मेघाटेक भ्यालु एजुकेशन कन्सल्टेन्सी रहनेछन् । साथै अन्य प्रायोजकहरू क्रमशः थपिँदै जाने आयोजकले जनाएको छ ।







Discussion about this post