मोटरसाइकल आउटराईडर्स तालिम शुरु 

काठमाडौं, ५ पुस

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम संचालन भएको छ ।

उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी उपरीक्षक कर्णले मोटरसाइकल आउटराईडर्स चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना,  प्रहरी सहायक निरीक्षक ३ जना, र प्रहरी जवान २५ जना गरी जम्मा २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

Comments are closed.