नागरिक उन्मुक्ति पार्टीमा हलचल

दलको नेताबाट रञ्जिता बाहिरीइन , गंगा भित्रिइन !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संसदीय दलको नेता गङ्गा चौधरी चयन भएका छन् ।केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गालाई दलको नेता बनाएका हुन् ।चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ ।लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् । नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । योसँगै नाउपामा थप विवाद बढ्ने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.