Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मुम्बईले १४ वर्षपछि सिजनको पहिलो खेलमा जित

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
मुम्बईले १४ वर्षपछि सिजनको पहिलो खेलमा जित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
मुम्बई – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो इतिहासकै सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै १४ वर्षपछि सिजनको पहिलो खेलमा जित हात पारेको छ। आइतबार वानखेडे स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले ४ विकेटको क्षतिमा २२० रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा मुम्बईले १९.१ ओभरमा मात्र ४ विकेट गुमाएर २२१ रनको लक्ष्य पूरा गर्यो।
मुम्बईको यो जित धेरै अर्थमा ऐतिहासिक रह्यो। सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई हराएयता मुम्बईले कहिल्यै पनि सिजनको पहिलो खेल जित्न सकेको थिएन। लगातार १३ सिजनसम्म पहिलो खेलमा हार बेहोरेको मुम्बईले ५१०७ दिनपछि यो खडेरी तोडेको हो। यसअघि मुम्बईको उत्कृष्ट रन चेज सन् २०२१ मा चेन्नई विरुद्ध २१९ रनको थियो, जसलाई अहिले सुधार गर्दै २२१ पुर्‍याइएको छ। यो वानखेडे स्टेडियममा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको अहिलेसम्मकै ठुलो लक्ष्य समेत हो।
मुम्बईको जितको आधार पूर्वकप्तान रोहित शर्मा र रायन रिकेल्टनको विष्फोटक ओपनिङ साझेदारीले तयार पार्‍यो। रोहितले मात्र २३ बलमा अर्धशतक पूरा गर्दै आफ्नो आइपिएल करियरकै सबैभन्दा छिटो ५० रन बनाउने कीर्तिमान बनाए। यसअघि उनले २०१५ को फाइनलमा चेन्नई विरुद्ध २५ बलमा अर्धशतक प्रहार गरेका थिए। रोहितले ७८ रनको पारी खेले भने रिकेल्टनले ८१ रनको योगदान दिए। यी दुईबिच पहिलो विकेटका लागि १४८ रनको साझेदारी भयो, जुन मुम्बईका लागि आईपीएल इतिहासकै दोस्रो ठुलो ओपनिङ साझेदारी हो।
यस खेलमार्फत रोहित शर्माले अर्को एउटा ठुलो व्यक्तिगत सफलता समेत हासिल गरे। उनले कोलकाताविरुद्ध आईपीएलमा ११६१ रन पूरा गर्दै कुनै पनि एक टोली विरुद्ध सबैभन्दा बढी रन बनाउने ब्याटरको कीर्तिमान आफ्नो नाममा गरे। यसअघि यो रेकर्ड विराट कोहोलीको नाममा थियो, जसले पञ्जाब किंग्स विरुद्ध ११५९ रन बनाएका थिए। रोहितले कोलकाताका बलर वरुण चक्रवर्ती विरुद्ध ११ बलमा २३ रन प्रहार गर्दै आफ्नो आक्रामक लय प्रदर्शन गरे। वरुणका लागि यो खेल निकै महँगो सावित भयो, जहाँ उनले कुनै विकेट लिन सकेनन् र उनको इकोनोमी रेट ११.८६ रह्यो।
बलिङतर्फ मुम्बईका लागि डेब्यु गरिरहेका शार्दूल ठाकुरले सानदार प्रदर्शन गरे। उनले कोलकाताको सेट भइरहेका साझेदारीहरूलाई तोड्दै महत्वपूर्ण ३ विकेट लिए। कोलकाताका लागि अजिंक्य रहाणेले ६७ र अंगकृष रघुवंशीले ५१ रनको अर्धशतकीय पारी खेले पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। मुम्बईले यसअघि १९ सिजनमध्ये पाँचौँ पटक मात्र आफ्नो पहिलो खेल जितेको छ, जसमा सन् २००९ देखि २०१२ सम्मका लगातार चार जित समावेश थिए। यो ऐतिहासिक जितसँगै मुम्बईले नयाँ सिजनको उत्साहजनक सुरुवात गरेको छ।
Advertisement Banner
Previous Post

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्ने

Next Post

वैदेशिक रोजगारीमा टोकन प्रणाली खारेज, अब आवेदन दिएकै दिन श्रम स्वीकृति !

Editorial Team

Editorial Team

Next Post
वैदेशिक रोजगारीमा टोकन प्रणाली खारेज, अब आवेदन दिएकै दिन श्रम स्वीकृति !

वैदेशिक रोजगारीमा टोकन प्रणाली खारेज, अब आवेदन दिएकै दिन श्रम स्वीकृति !

Discussion about this post

Recommended

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिँदै

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिँदै

1 day ago
ADB Commits $30 Million Loan to Support MSMEs in the Philippines

ADB Commits $30 Million Loan to Support MSMEs in the Philippines

2 months ago

Don't Miss

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

March 30, 2026
आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

March 30, 2026
इरानको तेल र खार्ग टापु कब्जा गर्न चाहन्छन ट्रम्प

इरानको तेल र खार्ग टापु कब्जा गर्न चाहन्छन ट्रम्प

March 30, 2026
प्रा.डा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान

प्रा.डा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.