Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

मस्कटमा आणविक मुद्दामा वार्ता : आफ्ना नागरिकलाई तत्काल इरान छाड्न अमेरिकाको निर्देशन

Editorial Team by Editorial Team
February 6, 2026
in News, World
0
मस्कटमा आणविक मुद्दामा वार्ता : आफ्ना नागरिकलाई तत्काल इरान छाड्न अमेरिकाको निर्देशन
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न निर्देशन दिएको छ ।
अमेरिकी दूतावासले इरानमा सुरक्षा अवस्था अत्यन्त खराब भएको बताएको छ । बढ्दो अशान्ति, प्रतिबन्ध र यात्रामा अवरोधजस्ता कारणले सुरक्षा खतरा उत्पन्न गरिरहेको बताइएको छ ।
साथै, दूतावासले निस्कने योजना आफैँ बनाउन र यसमा अमेरिकी सरकारको सहयोगमा भर नगर्न भनेको छ । तत्काल निस्कन सम्भव नभए सुरक्षित स्थानमा रहन र आवश्यक पर्ने खाना, पानी, औषधिजस्ता सामग्रीको स्टक राख्न पनि भनिएको छ ।
दूतावासले अमेरिकी–इरानी दोहोरो नागरिकता भएकाहरूका लागि बढी खतरा भएको उल्लेख गर्दै अमेरिकी पासपोर्ट देखाउनु इरानी अधिकारीहरूका लागि हिरासतमा लिने कारण बन्न सक्नेतर्फ पनि सजग बनाएको छ ।
अमेरिकी पासपोर्ट नहुने अमेरिकी नागरिकलाई इरान छाडेपछि नजिकको अमेरिकी दूतावासमा पासपोर्ट बनाउन सल्लाह दिइएको छ ।
इरानमा देशव्यापी विरोध प्रदर्शन र अशान्तिका कारण सुरक्षा व्यवस्था कडा हुँदै गएको छ । सार्वजनिक यातायात, इन्टरनेट तथा मोबाइल–ल्यान्डलाइन सेवा बारम्बार अवरुद्ध भइरहेका छन् ।
अधिकांश वायु सेवा कम्पनीले इरान आउने–जाने उडान सीमित वा रद्द गरेका छन् । यही कारणले देशबाहिर निस्कन झन्झन् कठिन हुँदै गएको छ ।
यसैबीच अमेरिका र इरानबीचको आणविक वार्ता शुक्रबार (माघ २३) ओमानको राजधानी मस्कटमा हुँदै छ । यो पछिल्लो नौ महिनामा दुई देशबीचको पहिलो औपचारिक बैठक हो ।
अमेरिकी सरकारले इरानमा कूटनीतिक र कन्सुलर सम्बन्ध नहुँदा आफ्ना नागरिकहरूलाई सहयोग गर्न सक्षम नभएको स्पष्ट पारेको छ ।

ह्वाइट हाउसले भन्यो– वार्ता असफल भए शक्ति प्रयोग गर्छौं
उच्चस्तरीय वार्ताअघि ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिप्रति इच्छुक रहेको तर वार्ता असफल भए शक्ति प्रयोग गर्न तयार रहेको बताएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले ट्रम्पले ओमानमा हुने वार्तामा सम्झौताको सम्भावना हेर्न चाहेको बताइन् ।
साथै, उनले इरानसँग शून्य आणविक क्षमता हुनुपर्ने ट्रम्पको माग दोहोर्‍याउँदै वार्ताबाट नतिजा ननिस्किए राष्ट्रपतिसँग धेरै विकल्प भएको चेतावनी दिइन् ।
अमेरिकी सेन्ट्रल कमान्डले इराननजिक क्यारियर स्ट्राइक ग्रुप–३ को प्रमुख जहाज, न्युक्लियर पावरयुक्त एयरक्राफ्ट क्यारियर युएसएस अब्राहम लिंकन (सीभीएन–७२) अभियानमा संलग्न रहेको पुष्टि गरेको छ ।

अमेरिकाले इरानसमक्ष यी सर्त राख्यो
यसै महिनाको सुरुमा अमेरिकी विशेष दूत स्टिभ विट्कोफले सम्झौताका लागि इरानसँग चारवटा सर्त राखिएको बताएका थिए । सर्तहरूमा युरेनियम इनरिचमेन्टमा पूर्ण प्रतिबन्ध, पहिलेदेखि संवर्धन गरिएको युरेनियम हटाउने, लामो दूरीका क्षेप्यास्त्रको संख्या सीमित गर्ने र क्षेत्रीय प्रोक्सी शक्तिलाई सहयोग बन्द गर्ने रहेका छन् ।

वार्ताअघि इरान–अमेरिकाबीच मतभेद
अमेरिका र इरानले ओमानमा वार्ता गर्ने सहमति जनाए पनि दुवै पक्षबीच ठूला मतभेद रहेको बताइएको छ । यो वार्ता पहिले टर्कीमा हुने भनिएको थियो । तर, बुधबार राति मस्कटमा हुनेगरी स्थान परिवर्तनको घोषणा गरियो ।
इरानका विदेशमन्त्री अब्बास कूटनीतिक टोलीसहित मस्कट पुगेका छन् । अमेरिका वार्तामा इरानको क्षेप्यास्त्र कार्यक्रम, क्षेत्रीय प्रभाव र मानव अधिकार रेकर्डमा पनि छलफल चाहन्छ । तर, इरानले केवल आणविक मुद्दामा मात्र कुरा गर्ने बताएको छ ।
इरानी सरकारी मिडियाका अनुसार वार्ताअघि तेहरानले रिभोलुसनरी गाड्र्सका स्थलमा लामो दूरीको खोर्रमसहर–४ ब्यालिस्टिक क्षेप्याास्त्र तैनाथ गरेको बताएको छ । एजेन्सी

Advertisement Banner
Previous Post

Peace talks ‘not easy’: Zelensky

Next Post

बौद्ध भिक्षुहरूको “Walk For Peace” अभियान: २३०० माइलको ऐतिहासिक पैदल यात्रा

Editorial Team

Editorial Team

Next Post
बौद्ध भिक्षुहरूको “Walk For Peace” अभियान: २३०० माइलको ऐतिहासिक पैदल यात्रा

बौद्ध भिक्षुहरूको “Walk For Peace” अभियान: २३०० माइलको ऐतिहासिक पैदल यात्रा

Recommended

Nepal and Bangladesh expand energy cooperation

Nepal and Bangladesh expand energy cooperation

3 months ago
समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

1 month ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.