सुरेश अधिकारीमाथिको प्रतिबन्ध फिर्ता लिन संगीतसम्बद्ध संस्थाहरूको आग्रह

काठमाडौँ । संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरुले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन  संगीतसम्बद्ध विभिन्न सात संस्थाले अनुरोध गरेका छन् ।

गीतकार संघ, संगीतकार संघ, प्रस्तोता समाज, संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी संकलन समाजले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीविरुद्धको प्रतिबन्धको निर्णय फिर्ता लिन रेडियो प्रसारकलाई आग्रह गरेका हुन् ।

यी संस्थाले गत ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै  रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भनेका छन् ।

12

Comments are closed.