काठमाडौं –– भदौ २३ को ‘जेनजी’ आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा आइतबार बानेश्वरमा कलाकारहरूको सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ ।
आन्दोलनमा ज्यान गुमाएका युवाहरूको स्मृति र सामाजिक सुधारका लागि प्रदर्शनी आयोजना गरिएको हो । कला प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडिको सडक पेटीमा आयोजना गरिएको छ ।





