काठमाडौँ- नारायण गोपाल संगीत कोषले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान- २०७९’ नेपाली गीत संगीतका अग्रज सर्जक गीतकार राजेन्द्र थापा र संगीतकार तथा गायक प्रकाश गुरुङलाई प्रदान गरेको छ । संगीत कोषले स्वर सम्राटको ३२ औं स्मृति दिवसका अवसरमा सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको स्मृतिसभामा थापा र गुरुङलाई उक्त सम्मान प्रदान गरेको हो । कोषका महासचिव दीपक केसी, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ बाट हालै निर्वाचित नेता प्रदीप पौडेल लगायतकाले थापा र गुरुङलाई सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।
‘यसपालि त मनै फाट्यो’, ‘पर लैजाउ फूलहरू’ जस्ता कालजयी गीतहरु रचना गरेका थापाले ५ दशकभन्दा लामोसमयदेखि हालसम्म समकालीन युवापुस्तालाई सुहाउँदो रचना गरिरहेका छन् । उनी कथा, कविता, गजल, मुक्तक रउपन्यास विधा लेखनमा समेत उत्तिकै सक्रिय छन् । गुरुङले ६ दशकदेखि संगीत रचनाहरु मार्फत नेपाली गीतसंगीतको श्रीवृद्धिमा योगदान पुर्याइरहेका छन् । उनी गायक र वाद्यवादक समेत हुन् ।
गीतकार थापाले नारायण गोपालको स्मरण गर्दै उनको व्यक्तिगत जीवनका पक्षमा जति पनि विषय बाहिर आएका छन्, त्यो भन्दा बढी उनको सांगीतिक जीवनको खोजी गर्नुपर्ने औंल्याए । ‘।’
Comments are closed.