Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

Editorial Team by Editorial Team
March 6, 2026
in Nepal, News
0
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय र समर्पित सिर्जनाकार नारायण खतिवडाले प्रस्तुत गरेको नयाँ गीत ‘छहारी’ को भिडियो सार्वजनिक भएको छ। नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको यस भिडियोले प्रेम, माया र जीवनयात्रामा आवश्यक साथसहयोगको गहिरो अनुभूति उजागर गर्छ।
गीतको प्रारम्भदेखि अन्त्यसम्म बग्ने भावनाले श्रोतालाई मानवीय संवेदनाको संसारमा प्रवेश गराउँछ। विशेषगरी “सुखमा सँगै हाँसौला, दुःखमा सँगै रोऔला, जिन्दगी अब हाम्रै हो, धड्कन साटौला” जस्ता पंक्तिहरूले जीवनमा सुखदुःख दुवै क्षणमा एक–अर्काको हात थामेर अघि बढ्नु प्रेमको साँचोस्वरूप हो भन्ने सशक्त सन्देश दिन्छन्।
गीतकारले गीतमार्फत एउटा गहिरो मनोभाव उतारेका छन् – कठिन क्षणमा साथ दिने, मन बुझ्ने र भरोसा दिलाउने मान्छे नै जीवनको छहारी बन्न पुग्छ। यसै भावनालाई उनले
‘आँखैमा राखेर, मुटुमै राखेर,
तिमीले दिएको छहारी, अब सजाऊँ कि…’
जस्ता शब्दमार्फत अत्यन्त कोमल र आत्मीय ढङ्गले अभिव्यक्त गरेका पाइन्छ।
यस गीतका प्रत्येक शब्द मनन गर्दा बुझिन्छ कि गीतकारले प्रेमलाई कुनै क्षणिक आकर्षण नभई, समयको परीक्षामा उभिन सक्ने गहिरो साथका रूपमा चित्रण गरेका छन्। “समयले भेट गरायो, तिमीलाई आफ्नो बनायो, भेट्नुपर्ने उहिल्यै भेट भयो अहिले, केले छेक्यो यतिन्जेल?” भन्ने पंक्तिले नियतिको खेलसँगै जीवनमा ढिलो भए पनि प्राप्त भएको सच्चा र पवित्र सम्बन्ध अत्यन्त भावुक ढङ्गले प्रस्तुत गर्छ।
भिडियो पक्षमा पनि गीतले समान रूपमा प्रभाव जमाएको छ। भिडियोमा फिल्म निर्माता तथा निर्देशक रिमेश अधिकारी र मोडल एवं गायिका मिरा फियाकले भावनात्मक पात्रलाई सजीव रूपमा उतारेका छन्।
छायाङ्कन र दृश्य सम्पादन अर्जुन खड्काको रहेको छ भने निर्देशनको जिम्मा विकास धमलाले सम्हालेका छन्। सम्पूर्ण अवधारणा तथा कथाविन्यास गीतकार नारायण खतिवडाकै हुन्, जसले गीत र भिडियोलाई एकीकृत कलात्मकता प्रदान गरेको छ।
‘छहारी’ गीत मात्र नभई मनलाई छुने एक अनुभूति बनेर प्रस्तुत भएको छ जसले प्रेम, समर्पण र जीवनभर साथ दिने सम्बन्धको मूल्यलाई पुनः स्मरण गराउँछ।

Advertisement Banner
Previous Post

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

Next Post

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

Editorial Team

Editorial Team

Next Post
अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

Recommended

Chinese Foreign Minister Wang Yi arrives in India

Chinese Foreign Minister Wang Yi arrives in India

4 years ago
 World Bank South Asia VP Hartwig Schafer visits  Dhulikhel Municipality

 World Bank South Asia VP Hartwig Schafer visits  Dhulikhel Municipality

4 years ago

Don't Miss

Balen Shah Appointed as Prime Minister of Nepal

RSP finalizes 15-member Cabinet led by Balendra Shah

March 27, 2026
Balen Shah Appointed as Prime Minister of Nepal

Balen Shah Appointed as Prime Minister of Nepal

March 27, 2026
President Putin compares impact of West Asia Conflict to  COVID-19 pandemic

President Putin compares impact of West Asia Conflict to COVID-19 pandemic

March 27, 2026
Nepali Congress connects Nepalis living across globe: President Gagan Thapa

Nepali Congress connects Nepalis living across globe: President Gagan Thapa

March 27, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.