काठमाडौं : गत हप्ता ग्रीसमा भएको डुंगा दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शोकमा पाकिस्तानले आज राष्ट्रिय शोकको घोषणा गरेको छ।
ग्रीसको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा अधिकांश पाकिस्तानी, सीरियाली लगायत मध्यपूर्वी देशका आप्रवासी नागरिक थिए। दुर्घटनामा परेका कम्तीमा ५ सय मानिस बेपत्ता भएको संयुक्त राष्ट्र संघले जनाएको छ। लिबिया हुँदै सामुद्रिक बाटो भएर अवैध रुपमा इटाली प्रवेश गर्न लागेको डुंगा ग्रीसको तटीय क्षेत्रमा पल्टिएको थियो।
बीबीसीले यस घटनामा ग्रीसको कोस्ट गार्डले लापरबाही गर्दा धेरैले ज्यान गुमाएको दाबी गरेको छ। बीबीसीले गरेको अनुसन्धानमा आप्रवासी बोकेको डुंगा खराबीका कारण लामो समय तटीय क्षेत्रमा रोकिँदासमेत कोस्ट गार्डले उद्धार नगरेको र पछि दुर्घटना भएको पाइएको हो।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानी नागरिकलाई मृत्युको मुखमा पुर्याउने मानव तस्करविरुद्ध कडा कारबाही थाल्ने चेतावनीसमेत दिएका छन्।
Comments are closed.