राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदैसाहित्य र प्रविधिलाई जोड्ने प्रयत्नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज–नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने भएको छ ।
मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि आवेदन दर्ता असार २१ गतेदेखि खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘शब्दयान– प्रविधिको आधार’ साहित्य नाराका साथ हुने कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि कक्षा १२) रहने कार्यक्रम सहजकर्ता दीप सागर ज्ञवालीले दिए ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद र थुप्रै आकर्षक उपहारहरू पाउने छन् भने द्वितीय हुने २० हजार र तृतीय हुने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सान्त्वना पुरस्कार १० हजार पाउनेछन् । साथमा अफर र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कार्यक्रमका संयोजक सोमनाथ लुइटेलले जानकारी दिए ।
कवितावाचन प्रतियोगिता शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् नेपाल प्रज्ञा परिषदका प्राज्ञहरुको आतिथ्यतामा संचालन हुने अर्का कार्यक्रम संयोजक भुवनसिंह कार्कीले बताए ।

प्रतियोगितात्मक कविता लेखनका सीमा र नियम
प्रतियोगितामा समावेश हुने कविताहरु शब्दयान–‘प्रविधिको आधार साहित्य’ भन्ने नाराको धरातलमा
टेकेर लेखिएको हुनुपर्ने छ । त्यसरी लिखित कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा सञ्चार माध्यमबाट
प्रकाशित÷प्रसारित नभएको तथा यसपूर्व कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने छ । विजयी
रचनामा यसप्रकारको दाबी विरोध भई आएमा र सो दाबी पुष्टि भएको खण्डमा त्यसलाई खारेज गरी
उत्कृष्टताकोक्रममा निकट रहेकोअर्को कवितालाई विजयी मानिनेछ ।
प्रतियोगीले प्रतियोगी रचनाका साथमा नाम र ठेगाना स्पष्ट खुलाई , अध्ययनरत विद्यालयको नाम
तथा आधिकारिक सम्पर्क नम्बर उल्लेख गरी कबदमबथबबल२नmबष्।िअयm मा आगामी श्रावण ५
गते दिनको ५ बजेभित्र इमेल पठाइसक्नुपर्नेछ । तोकिएको समयभन्दा विलम्ब भई प्राप्त भएका रचनालाई
प्रतियोगितामा समावेश गरिने छैन ।
कविताको भाषा नेपाली तथा अब्ग्रेजी दुवै हुन सक्ने छ तर मिश्रित भाषाको प्रयोग गरिएको कविता
मान्य हुने छैन ।
गद्य कविताको शब्द सीमा अधिकतम १५० र पद्य कविता बढीमा ६ श्लोकको हुनुपर्ने छ । कविताका
लागि टाइप गरिएको वा लेखिएको पृष्ठको प्रस्ट बुझिने फोटो पनि मान्य हुने छ ।
प्रत्येक प्रतियोगीले एउटा मात्र कविता पठाउनुहुन सूचित गरिन्छ । एउटै प्रतियोगीको एकभन्दा बढी
कविता सहभागिताको लागि प्राप्त भएमा प्रथमप्राप्त कवितालाई मात्र प्रतियोगी कविता मानिनेछ ।
कुनै पनि व्यक्ति, जाति, समुदाय, लिब्ग, धर्म, संस्कृति वा सम्प्रदायलाई लाञ्छित गरी लेखिएको राष्ट्र
तथा राष्ट्रियतामा आघात पु¥याउने रचनालाई कार्यव्रmममा सहभागी गराइने छैन । सामाजिक एकता,
मेलमिलाप र सहिष्णुतामा खलल पु¥याउने कविता प्राप्त भएमा स्वयम्प्रतियोगी जिम्मेवार हुने छन्।
प्रतियोगितामा सहभागिताका लागि यसै पत्रमा राखिएको त्तच् अयमभ कअबल गरी निर्दिष्ट शुल्क
बुझाई सदस्यता दर्ता गर्नुपर्ने छ । त्यसरी दर्ता गरिसकेपछि दर्ता गर्दा प्रयोग भएको बैँब्क खाता नं, नाम
र सहभागी संख्या कवितासँगै ईमेलमा पठाउनुपर्ने छ ।
शुल्कः–
एक प्रतियोगीका लागि (विद्यालय तथा स्वतन्त्र प्रतियोगीको हकमा) रु. ५००÷–
दुई प्रतियोगीका लागि (विद्यालयको हकमा) रु. ८००÷–
तीन प्रतियोगीका लागि (विद्यालयको हकमा) रु. १०००÷–
तीन प्रतियोगीभन्दा बढी पठाउन चाहेमा आयोजकलाई ईमेलमार्फत पूर्व सूचना पठाई प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्ने छ ।
प्रतियोगिताको निर्णयसम्बन्धि अन्तिम अधिकार सम्पूर्ण रूपमा छनौट समितिमा निहित रहने छ ।
प्राप्त रचनाहरूमध्ये उत्कृष्ट २५ कविताहरूलाई प्रतियोगितामा वाचनका लागि पुनः निमन्त्रण गरिने
छ । उत्कृष्ट २५ मा पर्ने उपत्यकाबाहिरका सहभागीहरूका लागि यात्राखर्च (गाँस र वासबाहेक) आयोजकले ब्यहोर्ने छ ।
प्राप्त रचनाबाट छनौट भएका अन्तिम ५० कवितालाई पुस्तकको रूपमा प्रकाशित गरिने छ ।
यसरी छनौट भएका ५० कविताहरुको खयतष्लन गरी जनप्रिय कवितालाई पनि पुरस्कृत गरिने छ ।
उक्त खयतष्लन नि शुल्क रहनेछ र खयतष्लन कसरी र कुन माध्ययमबाट हुन्छ भन्ने जानकारी छनौट
पश्चात् आयोजकले प्रदान गर्नेछ ।
१२. पुरस्कार राशि ः
प्रथम पुरस्कार ः रु. २५,०००÷– तथा आकर्षक उपहारहरु
द्वितीय पुरस्कार ः रु. २०,०००÷– तथा आकर्षक उपहारहरु
तृतीय पुरस्कार ः रु. १५,०००÷– तथा आकर्षक उपहारहरु
सान्त्वना पुरस्कार ः रु. १०,०००÷– तथा आकर्षक उपहारहरु
जनप्रिय पुरस्कार ः रु. १०,०००÷– तथा आकर्षक उपहारहरु
द«ष्टव्य–
➢ उत्कृष्ट २५ जना प्रतियोगीहरुलाई ल्क्ष्ःक्, दबनदबशबच मा निःशुल्क द्यचष्मनभऋयगचकभ अध्ययनको अवसर ।
➢ प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीलाई प्ःऋ, दबनदबशबबच
मा ःःबलबनझभलत र बिध पढ्नका निम्ति क्रमशः १००, ७५, ५० र २५ प्रतिशत
छात्रवृत्तिको अवसर ।
➢ प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीलाई पढ्न चाहेमा एभ्ब् मा
इन्जिनियरिब ट्युशन र ल्बतष्यलब िब्अबमझथ मा ट्युशनको निम्ति क्रमशः
१००, ७५, ५० र २५ प्रतिशत छात्रवृत्तिकोअवसर ।
(यसरी प्राप्त छात्रवृत्ति सम्बन्धित विजेताको लागि मात्र मान्य हुने छ । विजेता उक्त संस्थाहरुमा पढ्न नचाहेमा निजको छात्रवृत्ति स्वतः खारेज हुने छ । छात्रवृत्ति, प्राप्त भएको मितिबाट ५ वर्षसम्म मान्य हुने छ ।).
प्रतियोगिताको नियमित अपडेट सेस–नेपालको आधिकारिक फेसबुक पेजमा गरिनेछ । प्रतियोगिता
सम्बन्धि केही थप जानकारी चाहिएमा तल दिइएको सम्पर्क नं मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

 

Comments are closed.