रियालिटी  सो ‘द पोयट आइडल’को उपाधि नीलम गुरुङलाई

काठमाडौँ, वैशाख १० गते । रियालिटी सो ‘द पोयट आइडल’को उपाधि नीलम गुरुङले जित्नुभएको छ । शुक्रबार भएको कार्यक्रममा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै नीलमले पहिलो ‘द पोयट आइडल’को उपाधि जित्नुभएको हो ।
उपाधिसँगै उहाँले १० लाख प्राप्त गर्नुभएको छ । कवि पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिस्ट रहनुभएको थियो । ‘डन डिरेक्टर’का रूपमा परिचित अमनप्रताप अधिकारीले निर्देशन गर्नुभएको पहिलो नेपाली ‘सो’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले निर्णायकको भूमिकामा हुनुहुन्थ्यो ।

 

Comments are closed.