थाईल्याण्डविरुद्ध शानदार जितसँगै नेपाल सेमिफाइनलमा

काठमाण्डौं । नेपाल एसीसी मेन्स अण्डर-१६ ईस्ट रिजनको पहिलो खेलमा विजयी भएको छ । नेपालले थाईल्याण्डमाथि सानदार जित निकालेको छ ।

मलेसियास्थित बांगीमा बुधबार भएको खेलमा नेपालले थाईल्याण्डलाई २२५ रनले पराजित गरेको हो । नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाईल्याण्ड १३.२ ओभरमा अलआउट हुँदै ४४ रनमा समेटियो ।

थाईल्याण्डका लागि ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङ्गमा नेपालका लागि सन्तोष यादवले ५, अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि निरज कुमार यादवले ४३ बलमा सर्वाधिक ७४ तथा नरेन भट्टले ४३ बलमा ५ चौकासहित ५५ रनको अर्धशतकीय इनिङ्ग खेले ।

सुर्यांशु कोइरालाले ५५ बलमा ४० र सन्तोष यादवले ३६ बलमा ४२ रनको योगदान दिए । बलिङ्गमा थाईल्याण्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २(२ तथा जित साद र पियावत नोद्रीले समान१र१ विकेट लिए ।

पहिलो जितसँगै नेपाल सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । यता पराजित थाईल्याण्ड भने प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ ।

थाईल्याण्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । प्रतियोगितामा सहभागि सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, थाईल्याण्ड र मलेसिया छन् भने समूह बी मा सिंगापुर, हङ्गकङ्ग, माल्दिभ्स र इन्डोनेसिया छन् ।

अब नेपालले नेपालले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । प्रतियोगितामा सेमिफाइनलका खेल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।

Comments are closed.