नेपाल भारत कवि सम्मेलन कार्यक्रम सम्पन्न

 

१० जेठ,काठमाडौँ‘स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा राष्ट्रिका साहित्य प्रतिष्ठान’को संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा ‘नेपाल भारत कवि समेलन’ कार्यक्रम सम्पन्न भयो । वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतीय दुतावासका प्रथम सचिव नवीन कुमार, सांस्कृतिक सहचारी सत्यन्द्र दहिया, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी स्वेता दिप्ति लगायतको विशिष्ट अतिथीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नरेश शांण्डिल्यलाई राष्ट्रिका साहित्य सम्मानले सम्मानित गर्यो । प्रतिष्ठानका महासचिव मधु पाठकद्वारा वाचन गरिएको सम्मान पत्र र दोसल्लाद्वारा शांण्डिल्यलाई सम्मान गरिएको थियो । सोही अवसरमा सखी प्रतिष्ठान परिवारले कवि शांण्डिल्यलाई स्वागत सम्मान गर्यो । प्रमुख अतिथि डा.भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक – सांस्कृतिक सम्बन्ध प्रगाढ हुने धारणा राखेका थिए । आधुनिक दोहाका कबीरले परिचित कवि शांण्डिल्यको परिचयको प्रस्तुति सांस्कृतिक सहचारी दहियाले गरेका थिए । नेपाल भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अंग्रेजी एवं बङ्गला कविता वाचन गरिएको थियोे । कविहरू राजेन्द्र शलभ, स्नेह सायमी, उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा,डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा.ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी , उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. बिनोद कुमार बिश्वकर्मा, डा. बासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि रिमालले कविता वाचन गरेका थिए । उक्त काव्यिक कार्यक्रमका अवसरमा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोगको बारेमा आफ्नो धारणा राख्दै दोहा तथा गजलहरू वाचन गरे । सोही अवसरमा राष्ट्रिय नाच घरका गायक विपिन घिमिरे तथा शिला बिष्ट ओलीले नेपाली तथा हिन्दी गायन समेत गरेका थिए । कवि तथा राष्ट्रिका साहित्य प्रतिष्ठानकि सचिव रञ्जना निरौलाद्वारा संचालित कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियोे ।

 

Comments are closed.