नेपाल मलेसियासँग पराजित

काठमाडाैं । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

शुक्रबार मलेसियाकाे बायुमास ओभलमा भएकाे सेमिफाइनल खेलमा नेपाल घरेलु टाेलीसँग ४ विकेटले पराजित भएकाे हाे । याे हारसँगै नेपाल एसिया कपमा छनाेट हुन असफल भएकाे छ ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍याे । मलेसियाका लागि एल्सा हन्टरले नटआउट ६९ रन बनाइन् ।

मलेसियाकाे बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन बनायाे ।नेपालका लागि इन्दु वर्माले २९, डली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाइन् ।

बलिङतर्फ मलेसियाका लागि माहिरा इजती स्मायलीले २, विनीफ्रेड दुराइसिंगमले १ विकेट लिइन् ।

मलेसियाले अब उपाधिका लागि युएईसँग खेल्नेछ । उपाधि भिडन्त आइतबार हुनेछ । फाइनल पुगेका मलेसिया र युएई भने महिला एसिया कपमा छनौट भएका छन् ।

Comments are closed.