प्रधानसेनापति प्रभुराम शर्माद्धारा पाथीभराको दर्शन

ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ । बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो ।

नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उहाँले बताउनुभयो । गत वर्ष पनि पाथीभराको दर्शनमा आउनुभएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभयो । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौं फर्किनुभएको छ ।

Comments are closed.