काठमाडाैं । आईसीसी विश्वकप लिग-२ क्रिकेटकाे त्रिकाेणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नामिबियाका लागि जान फ्रालिंकले ३४, जान निकोलले ३१, माइकल भानले २३, जेजे स्मितले नटआउट १७ र निकोलस डेभिनले १५ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ राेजेकाे नेपालले ४१ ओभर १ बलमा १ सय ३२ रन बनाउँदा अलआउट भएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४, गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए ।
नेपाललाई कम स्काेरमा समेट्न नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५, ज्याक ब्रस्सेल र रुबिन ट्रम्पेलमनले समान २-२ विकेट तथा १ विकेट लिए ।
नेपालले दोस्रो खेलमा शनिबार नेदरल्याण्ड्सँग खेल्नेछ ।
Trending Now
- धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ पुस्तक लोकार्पण
- साहित्यकार गाम्नागेको कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचन
- Iranian President warns Trump not to risk ‘war’
- राष्ट्रपतिद्वारा तीन गैरआवासीय राजदूत नियुक्त
- Israel and Hamas ended a 15-month war, with a full ceasefire effective Sunday.
- नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैंयाले बढ्यो
- यस्ता छन् सरकारले ल्याएका पाँच अध्यादेश
- Meeting between Nepali Congress leader Koirala and Martin.
- सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ: गृहमन्त्री लेखक
Comments are closed.