Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

Editorial Team by Editorial Team
January 6, 2026
in Business, Nepal, News, Uncategorized
0
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते (आज) मध्यान्ह १२ बजेसम्म तोकिएको छ। आजै ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्वता मिति २०८३ पुस २२ गते रहेको छ।

ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

उक्त ऋणपत्र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) हरूले मात्र खरिद गर्न पाउनेछन् । ऋणपत्रलाई धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।

बोलकबोलमार्फत प्राप्त ब्याजदरको आधारमा न्यूनतमदेखि उच्च क्रम अनुसार ऋणपत्र बाँडफाँट गरिनेछ। समान ब्याजदरमा माग बढी भएमा समानुपातिकका आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यो ऋणपत्र लगानीकर्ताको लगानी पोर्टफोलियोमा समावेश हुनेछ भने यसलाई अनिवार्य नगद मौज्दात गणनामा समावेश गरिने छैन् । तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने प्रयोग गर्न सकिनेछ । ऋणपत्रसम्बन्धी थप जानकारीका लागि राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ।

Advertisement Banner
Previous Post

Egg prices cut by Rs 90 per crate

Next Post

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

Editorial Team

Editorial Team

Next Post
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

Recommended

IMF Approves $206 Million Emergency Aid for Sri Lanka After Cyclone Ditwah

Bangladesh: IMF warns against unsecured support to weak banks

8 months ago
Nepal Bankers’ Association appoints four new executive committee members

Nepal Bankers’ Association appoints four new executive committee members

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.