नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

काठमाडौँ । नेपाल टेलिकमले स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु लिएर आएको छ । उक्त अफर चैत २९ गतेदेखि ३ महिनासम्म उपयोगि हुनेछन् ।

यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । जसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक रु. ८,०००। मा उपलब्ध गराइएको छ । पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने उक्त् प्याकेज वार्षिक रु. ६,०००। मा उपलब्ध गराइने भएकोछ । साथै, कम्पनीले १ वर्षे आइपिटिभी कम्बो प्याकेजमा उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ ।

एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२,००० मा २० एमबीपीएसको इन्टरनेट, ३,००० हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको छ ।

विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई पनि निरन्तरता दिइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटामा बढोत्तरी गरिएको छ ।स्प्रिङ अफर प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५* १# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

Comments are closed.