काठमाडौं । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाहरूले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन् ।
ललितपुरको गोदावरीमा सोमबारदेखि पार्टीको महासमिति बैठक सुरु भएको छ । महासमिति बैठक अघि पार्टी विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन–तीनजनाको प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था विपरीत भएको भन्दै ती शुभेच्छुक संस्थाहरूले बैठक बहिष्कार गरेका हुन् ।
ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै महासमिति बैठक बहिष्कार गरेका छन् ।
‘हामी नेपाली कांग्रेसका शुभेच्छुक संघ संस्थाहरू संस्थाको विधान बमोजिम केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा १८ (१) (घ) बमोजिम भातृ संघ एवं शुभेच्छुक संस्था प्रत्येकबाट सम्बन्धित संस्थाको केन्द्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका केन्द्रीय अध्यक्षसहित ३ जना नेपाली कांग्रेसको केन्द्रीय महासमितिमा पठाउने विधानको प्रावधान बमोजिम शुभेच्छुक संस्थाका केन्द्रीय अधिवेशन पश्चात् निर्वाचित शुभेच्छुक संस्थाहरूबाट अध्यक्ष पदेन र अन्य २ जनाको नाम पठाएकोमा सो नामलाई विधानको बर्खिलाप हुने गरी व्याख्या समेत गरी उक्त नामहरु समावेश नगरेको पाइयो,’ शुभेच्छुक संस्थाका अध्यक्षहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसकारण महासमितिको बैठकमा हामी सहभागी नहुने व्यहोरा जानकारी गराउँछौं ।’
निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरी गरेको निर्णयसमेत नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को विपरीत भएको उनीहरूको भनाइ छ ।
बन्दसत्र सुरु हुँदै
नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।
मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।
यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।
कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
बसको व्यवस्था
महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ । कांग्रेसको सोमदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन सङ्घीय राजधानी काठमाडौँ आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो ।
कांग्रेसले महासमिति बैठकलाई व्यवस्थितरूपमा सम्पन्न गर्न निर्माण गरेको यातायात व्यवस्थापन उपसमितिमार्फत काठमाडौबाट बैठकस्थल गोदावरीसम्म जान दैनिक २० बसको व्यवस्था गरेको हो । काठमाडौँबाट गोदावरी जान विभिन्न चार रुटबाट बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवस्थापन उपसमितिका सदस्य सुवन गिरीले राससलाई जानकारी दिनुभयो ।
Trending Now
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार “नवप्रज्ञापन”लाई
- रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
- International conference on sustainable tourism to be held in Kathmandu
- US to impose travel ban on 41 countries, including Bhutan
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै, आन्दोलन तयारी र रणनीति बनाउने
- अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन
- अन्जानका एकल गजलसङ्गै शान्ति गजल साँझ सम्पन्न
- British PM urges to keep pressure on Putin for Ukraine ceasefire
- Musk’s dream of human settlement on Mars is getting closer, aiming for landing by 2029
- पूर्वविशिष्टलाई कानून बनाएर आजीवन सुविधा दिने तयारीप्रति प्रमुख प्रतिपक्षीको विरोध
Comments are closed.