काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको दिन
जसको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै छ । विसं २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो भारतको निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको थियो ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नुभएको थियो ।
त्यस बेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको थियो ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो ।
दिवसका अवसरमा आज नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै छन् ।
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
Comments are closed.