Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने

Editorial Team by Editorial Team
December 4, 2025
in Nepal, News, Politics
0
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयनमा स्पष्ट निर्देशन जारी गर्दै हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रलाई अझ स्पष्ट पार्दै नयाँ परिपत्र जारी गरेका हुन् ।परिपत्रअनुसार, राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका सांसद वा सदस्यहरूको नाम आगामी निर्वाचनका लागि उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।
साथै, स्थानीय तहमा हाल बहाल रहेका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ, समानुपातिकतर्फ तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार बन्न नदिने निर्णय परिपत्रमा उल्लेख गरिएको छ । यसैगरी, प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फको बन्दसूचीमा समावेश उम्मेदवारहरूको नाम पनि आगामी निर्वाचनमा सिफारिस गर्न नपाइने भनिएको छ ।

परिपत्रमा तोकिएको भन्दा बढी संख्यामा उम्मेदवार सिफारिस नगर्न समेत निर्देशन दिइएको छ । उल्लिखित संख्या भन्दा बढी नाम सिफारिस भएमा केन्द्रले त्यसको कार्यान्वयन नगर्ने जानकारी दिइएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि प्रत्येक क्षेत्रमा कम्तिमा एक महिला समावेश गरी अधिकतम तीन जना नाम सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ । समानुपातिकतर्फको सिफारिसमा समावेशी सिद्धान्तअनुसार कम्तिमा एक महिला राख्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक सिटमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । नाम सिफारिस गर्ने बैठकमा सहमति भएमा सहमतिबाट निर्णय गर्नुपर्ने, सहमति नभए बहुमतबाट निर्णय लिनुपर्ने व्यवस्था परिपत्रमा स्पष्ट पारिएको छ ।

Advertisement Banner
Previous Post

१५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण : शेर बहादुर देउबा

Next Post

जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

Editorial Team

Editorial Team

Next Post
जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

Recommended

UML National Congress: Updating representatives’ list in final stage

11th National General Convention of the CPN-UML is set to begin today

8 months ago
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

7 months ago

Don't Miss

Morocco’s National Day observed in Kathmandu

Morocco’s National Day observed in Kathmandu

August 3, 2026
क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.