Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

मलेसियामाथि नेपालको सानदार जित

Editorial Team by Editorial Team
June 9, 2022
in Uncategorized
0
मलेसियामाथि नेपालको सानदार जित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जेठ २६ काठमाडौं,। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहिबार बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो ।

यद्यपी नेपाल यसअघिनै छनोटबाट बाहिरि सकेको छ । नेपालले दिएको ८७ रनको विजय लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रनमा समेटिएको थियो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङमा नेपालकी कृतिका मरासिनीले दुई तथा मनिषा कुमारी उपाध्यायले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।

नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउनुभयो । आश्मा पुलामी मगरले २६ रन बजोड्नुभयो । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान तीन तीन रन बनाउनुभयो । मलेसियाकी नुर सामेदले दुई विकेट लिनुभयो । एलिस हुन्तरले एक विकेट झार्नुभएको थियो ।

जितसँगै पाँच खेलबाट ६ अंक बनाएको नेपालले समूहमा तेस्रो बन्दै खेल सकायो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा भने नेपाल यूएईसँग ८ रनमा अलआउट भएको थियो । नेपाल उक्त खेलमा १० विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई चार विकेटले हराएको थियो । चौथो खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो ।

छनोट खेलमामा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार सहभागि छन् । यूएई आठ अंक जोडेर शीर्ष स्थानमा छ । समान आठ अंक बनाएको थाइल्यान्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ । यी दुई टोलीबीच आजै प्रतिस्पर्धा हुँदैछ ।

समूहको शीर्ष टोली आगमी बर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।

 

Advertisement Banner
Previous Post

 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 

Next Post

China criticises US Military Commander’s comment on China-India border situation

Editorial Team

Editorial Team

Next Post
India, China reviews situation along Line of Actual Control during 24th WMCC meeting

China criticises US Military Commander’s comment on China-India border situation

Recommended

सडक डिभिजन कार्यालय काठमाडौँ द्वारा‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु

सडक डिभिजन कार्यालय काठमाडौँ द्वारा‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु

4 months ago
उज्यालो नेपाल पार्टीमा भए १२० उम्मेदवार

उज्यालो नेपाल पार्टीमा भए १२० उम्मेदवार

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.