काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तर्गत शनिवार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि सानदार जीत निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ६ विकेटको शानदार जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले आठ रन जोडेका छन् । २७ रनमा २ विकेट गुमाएको नेपाललाई रोहित र गुल्सनले ८६ रनको साझेदारी गरेका छन् । गुल्सन ३८ रन र रोहित ४६ रनमा आउट भए ।
ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख आठ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी चार र कुशल मल्ल दुई रनमा अविजित रहे । नेदरल्याण्ड्सका भीभीएन किंग्माले सर्वाधिक ४ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । नेदरल्याण्ड्सलाई सस्तोमा समेट्ने क्रममा नेपालका प्रतिश जीसीले सर्वाधिक तीन विकेट लिएका थिए । करण केसी र कुशल मल्ले समान दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
नेदरल्याण्ड्सका म्याक्स ओ डाउडले ३१, टिम भान डर गुग्टेनले २४, स्कट एडवाड्र्सले १८, तेजा निदामानुरुले पाँच, माइकल लेभिट र भिभिएन किंग्माले समान चार/चार, नोआ क्रोसले तीन, काइल क्लाइनले एक रन जोडेका थिए । आर्यन दत्त र साइब्रान्ड एंगलब्रेक्ट शून्य रनमा नै आउट भएका थिए । रोलफ भान डर मव भने २३ रनमा अविजित रहेका थिए ।
Comments are closed.