Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ

Editorial Team by Editorial Team
February 13, 2026
in Nepal, News
0
एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ।मनिलास्थित एडीबी मुख्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार भारत, मालदिभ्स, नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी श्रेष्ठलाई नियुक्त गरिएको हो ।
नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको नेतृत्व सम्हाल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिन्।श्रेष्ठले भनिन्- ‘दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित महसुस गरेकी छु ‘समावेशी र दिगो विकासमा सहयोग पु¥याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु ।’
श्रेष्ठले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये एडीबीमै २३ बिताएकी छिन् । यसअघि उनी दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन्। साथै, उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण-पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक, र इन्डोनेसियाकी उप-देश निर्देशकका रूपमा पनि काम गरिसकेकी छन्। एडीबीमा प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण-पूर्वी एसियामा सञ्चालन अनुभव हासिल गरेकी थिइन्।
नेपाली नागरिक श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा पीएचडी उपाधि हासिल गरेकी छन् । एडीबी एसिया र प्रशान्त क्षेत्रमा दिगो वृद्धिलाई समर्थन गर्ने उदेश्यले सन् १९६६ मा उक्त बैंकको स्थापित गरिएको थियो ।एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका छन् ।

Advertisement Banner
Previous Post

Marriott International’s Asia Pacific Excluding China Region Reports Exceptional Growth and Development Momentum in 2025

Next Post

बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री

Editorial Team

Editorial Team

Next Post
बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री

बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री

Recommended

India-Nepal hold 9th round of Line of Credit review meeting in Kathmandu

India-Nepal hold 9th round of Line of Credit review meeting in Kathmandu

4 years ago
काठमाडौं–१मा रञ्जु दर्शना विजयी

काठमाडौं–१मा रञ्जु दर्शना विजयी

3 weeks ago

Don't Miss

Nepal Government orders complete ban on entrance exam prep classes and bridge courses

Nepal Government orders complete ban on entrance exam prep classes and bridge courses

March 29, 2026
“मन्त्रिपरिषद्को निर्णयपछि एकाएक पक्राउ: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि ‘ज्यानसम्बन्धी कसुर’ छानबिन सुरु”

Court Allows Five-Day Custody of Oli and Lekhak for Investigation

March 29, 2026
Patan High Court annuls membership of 18 FNCCI commodity associations

FNCCI welcomes government’s decision to implement PSPP

March 29, 2026
Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

Nepal Govt ordered Betting apps, websites to shut in 24 hours

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.