Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Bangaladesh

बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री

Editorial Team by Editorial Team
February 13, 2026
in Bangaladesh, News, World
0
बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो ।२९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको ढाका ट्रिब्युनले जनाएको छ ।
बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।
जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ । जमात प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट जित हासिल गरेका छन् ।अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन् ।
सत्तामा बीएनपीको बलियो पुनरागमन
करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले यस चुनावमा उल्लेखनीय पुनरागमन गरेको छ । बीएनपीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ बिहीबार मतदानपछि बीएनपी अध्यक्ष तारिक रहमानले आफू निर्वाचित भएमा देशको कानून–व्यवस्था सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए ।
शेख हसिनाले भनिन्– चुनाव फर्जी र असंवैधानिक
जुलाई २०२४ मा भएको विद्यार्थी विद्रोहपछि बंगलादेशमा भएको यो पहिलो राष्ट्रिय चुनाव हो । हिंसात्मक आन्दोलन थेग्न नसकेपछि देश छाडेर भारत गएकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त पार्टीले भने चुनावमा भाग लिन पाएन ।हाल भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन् ।अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।

Advertisement Banner
Previous Post

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ

Next Post

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव

Editorial Team

Editorial Team

Next Post
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव

Recommended

UN High Commissioner for Human Rights raises concerns about counter-terrorism measures in Xinjiang

UN High Commissioner for Human Rights raises concerns about counter-terrorism measures in Xinjiang

4 years ago
कपिलवस्तु कांग्रेसमा भूकम्प: पूर्वमन्त्रीदेखि पूर्वराजदूतसम्म १९ जना पाँच वर्षका लागि निष्कासित, चुनावी मैदानमा समीकरण उल्टिने संकेत

कपिलवस्तु कांग्रेसमा भूकम्प: पूर्वमन्त्रीदेखि पूर्वराजदूतसम्म १९ जना पाँच वर्षका लागि निष्कासित, चुनावी मैदानमा समीकरण उल्टिने संकेत

6 months ago

Don't Miss

Ministry charting out country-focused strategy: Foreign Minister

Ministry charting out country-focused strategy: Foreign Minister

August 4, 2026
Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

August 4, 2026
Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

Home Minister Gurung holds talks with family of deceased Sunsari victim

August 4, 2026
Nepal Govt. to import over 50,000 metric tons of LPG monthly to ease supply shortage

Nepal Govt. to import over 50,000 metric tons of LPG monthly to ease supply shortage

August 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.