Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

समानुपातिक मतगणनामा नयाँ समीकरण: रास्वपाको अग्रता, श्रम संस्कृतिले राप्रपालाई उछिन्यो

Editorial Team by Editorial Team
March 9, 2026
in Nepal, News, Politics
0
समानुपातिक मतगणनामा नयाँ समीकरण: रास्वपाको अग्रता, श्रम संस्कृतिले राप्रपालाई उछिन्यो
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ जारी मतगणनाले नेपाली राजनीतिक परिदृश्यमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ। सोमबार (फागुन २५) बिहान ११ः५० बजेसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४१ लाख मतको ऐतिहासिक आँकडा पार गर्दै स्पष्ट अग्रता कायम गरेको छ।

नेपाल निर्वाचन आयोगका अनुसार हालसम्म ८५ लाख २ हजार ८४२ मत गणना हुँदा रास्वपाले ४१ लाख १० हजार ६९४ मत प्राप्त गरेको छ। यसले समानुपातिकतर्फ उसलाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित गर्ने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ७७ हजार ७१७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेकोनेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ११ लाख ६२ हजार ७०२ मत ल्याएको छ।

चौथो स्थानमा रहेको Nepal Communist Party (नेकपा) पाँच लाख ९९ हजार ५९४ मतसहित ६ लाख नजिक पुगेको छ।

यसबीच साना दलहरूको प्रतिस्पर्धामा पनि रोचक मोड देखिएको छ। श्रम संस्कृति पार्टी ले दुई लाख ९७ हजार ४२१ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उछिनेको छ। राप्रपाले हालसम्म दुई लाख ८० हजार ३५ मत प्राप्त गरेको आयोगले जनाएको छ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालले एक लाख २९ हजार ३२३ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टी ले एक लाख २३ हजार ६२१ मत पाएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल एक करोड नौ लाख मत खसेको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणामसँगै दलहरूको प्रतिनिधित्वको स्वरूप स्पष्ट हुने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको मतपरिणामले पारम्परिक दलहरू र उदाउँदा राजनीतिक शक्तिबीचको प्रतिस्पर्धालाई झनै तीव्र बनाएको छ, जसले आगामी सत्ता समीकरण र संसद्को राजनीतिक दिशालाई पनि प्रभाव पार्न सक्ने देखिएको छ।

Advertisement Banner
Previous Post

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको संयुक्त आक्रमण: ‘एसिड वर्षा’को जोखिम बढ्यो

Next Post

इरानमा सत्ता हस्तान्तरण: मोजतबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित

Editorial Team

Editorial Team

Next Post
इरानमा सत्ता हस्तान्तरण: मोजतबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित

इरानमा सत्ता हस्तान्तरण: मोजतबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित

Recommended

ADB Director General Reaffirms Strong Support for Nepal’s Development Agenda and Pandemic Recovery

ADB Director General Reaffirms Strong Support for Nepal’s Development Agenda and Pandemic Recovery

4 years ago
भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

9 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.