Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चीनले गरेको भनिएको एक अवैध आणविक परीक्षणको बारेमा नयाँ गुप्तचर सूचना सार्वजनिक

Editorial Team by Editorial Team
February 18, 2026
in News, World
0
चीनले गरेको भनिएको एक अवैध आणविक परीक्षणको बारेमा नयाँ गुप्तचर सूचना सार्वजनिक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी सरकारले सन् २०२० मा चीनले गरेको भनिएको एक अवैध आणविक परीक्षणको बारेमा नयाँ गुप्तचर सूचना सार्वजनिक गरेको छ ।
०२० को जुन २२ मा काजाकिस्तानमा रहेको एक दुर्गम भूकम्पीय मापन केन्द्रले सानो भूकम्पीय धक्का पत्ता लगाएको थियो । उक्त घटना २.७५ म्याग्निच्युडको मात्र थियो । तर, यसको उत्पत्ति करिब ४५० माइल टाढा चीनको मुख्य आणविक परीक्षण स्थल ‘लोप नुर’बाट भएको बताइएको छ ।

यो जानकारी अमेरिकी विदेश मन्त्रालयका हतियार नियन्त्रण र अप्रसार मामिलाका सहायक सचिव क्रिस्टोफर यिउले बताएका छन् ।

हडसन इन्स्टिच्युटद्वारा मंगलबार वासिंगट डीसीमा आयोजित एक कार्यक्रममा यिउले भने, “यो एउटा एकल विष्फोटबाहेक अरू केही हुने सम्भावना निकै कम छ । यो आणविक विष्फोटक परीक्षणबाट अपेक्षा गरिने संकेतहरूसँग पूर्ण रूपमा मेल खान्छ ।”

यद्यपि, स्वतन्त्र विज्ञहरू यो मूल्यांकनमा तुरुन्तै सहमत भएनन् । नर्वेली संस्था ‘नोर्सार’का भूकम्प विज्ञान प्रमुख बेन डान्डोले विभिन्न भूकम्पीय तरंगहरूको अनुपात विष्फोटसँग मिल्दोजुल्दो भए पनि संकेत कमजोर रहेको र यो एउटै स्टेसनमा मात्र रेकर्ड गरिएको बताए । उनले यी सीमितताका कारण यो प्राकृतिक घटना पनि हुनसक्ने सम्भावना रहेको उल्लेख गरे ।

व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि संगठनको निगरानी केन्द्रले यो संकेत रेकर्ड गरेको थियो । उसले १२ सेकेन्डको अन्तरालमा दुईवटा साना भूकम्पीय घटनाहरू देखिएको बताएको छ । तर, यही तथ्यांकको आधारमा मात्र यी घटनाहरूको कारण आत्मविश्वासका साथ भन्न सम्भव नभएको बताएको छ ।

चिनियाँ सरकारले यी आरोपहरूलाई अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले गत हप्ताको एक पत्रकार सम्मेलनमा भने, “चीनको आणविक विष्फोटक परीक्षणको बारेमा अमेरिकी आरोप पूर्णतया आधारहीन छन् । अमेरिकाले आफ्नै आणविक परीक्षण पुनः सुरु गर्नका लागि बहाना बनाइरहेको छ । चीन यसको विरोध गर्छ ।”

विश्वका प्रमुख आणविक शक्ति राष्ट्रहरूले दशकौँदेखि आफ्ना हतियार परीक्षण गरेका छैनन् । अमेरिकाले आफ्नो अन्तिम परीक्षण १९९२ मा र चीनले १९९६ मा गरेको थियो । दुवै राष्ट्रले व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धिमा हस्ताक्षर गरेका छन्, जसले आणविक परीक्षणलाई निषेध गर्छ ।

यद्यपि, दुवै राष्ट्रले आधिकारिक रूपमा यस सन्धिलाई अनुमोदन गरेका छैनन्, र यो अहिलेसम्म लागु भएको छैन ।

राष्ट्रहरूले स्वैच्छिक रूपमा परीक्षण नगर्ने प्रतिबद्धता पालना गरिरहेका छन् । तर, यसको अर्थ आणविक हतियारसम्बन्धी काम पूर्ण रूपमा रोकिएको भन्ने होइन ।

‘कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिस’का सिनियर फेलो टोङ झाओका अनुसार चीन ‘लोप नुर’ परीक्षणस्थलमा व्यस्त छ । स्याटेलाइट तस्बिरहरूले हालका वर्षहरूमा उपकरण क्षेत्र र कर्मचारी आवासको विस्तार भएको र कम्तीमा एउटा नयाँ सुरुङ खनिएको खुलासा गरेका छन् ।

अमेरिकी परीक्षण कार्यक्रम मुख्यतया आफ्ना हालका करिब १५ सय तैनाथ हतियारहरूको भण्डार कायम राख्ने प्रयासमा केन्द्रित छ । तर, चीनले आफ्नो भण्डार विस्तार गर्न खोजिरहेको बताइएको छ ।

सन् २०१९ सम्म चीनसँग करिब २०० वारहेड रहेको विश्वास गरिन्थ्यो । पेन्टागनका अनुसार आज चीनको भण्डार ६०० को नजिक पुगेको छ । सन् २०३० सम्ममा एक हजार वारहेड पुर्‍याउने लक्ष्य राखिएको छ ।

तर, चीनले आफ्नो भण्डारमा सयौँ वारहेड थपे पनि ती हतियारसँग काम गर्नका लागि तुलनात्मक रूपमा कम आणविक परीक्षण तथ्यांक उपलब्ध रहेको बताइएको छ ।

‘आम्र्स कन्ट्रोल एसोसिएसन’को तथ्यांकअनुसार चीनले जम्मा ४५ वटा मात्र आणविक परीक्षण गरेको छ, जसमध्ये आधा वायुमण्डलीय र आधा भूमिगत थिए ।

चीनले ठूला आणविक परीक्षण गर्न चाहनुको यो एउटा कारण हुन सक्छ । यसै महिनाको सुरुमा, अमेरिकी उप–विदेशमन्त्री थोमस डिनान्नोले चीनले परीक्षण प्रतिबन्धको सीमा उल्लंघन गरिरहेको र भविष्यमा अझ अगाडि बढ्ने योजना बनाएका बताएका थिए ।

मंगलबार हडसन इन्स्टिच्युटमा उनले सन् २०२० को परीक्षण ‘यिल्ड–प्रोड्युसिङ’ अर्थात् ऊर्जा उत्पादन गर्ने आणविक परीक्षण भएको दाबी गरे । उनले चिनियाँ पक्षले यसको वास्तविक परिमाण लुकाउन ‘डिकपलिङ अपरेसन’ सञ्चालन गरेको बताए ।

चीनले यसबाट के फाइदा पाइरहेको छ भन्नेबारे उनले विस्तृतमा बताएनन् । उनले भने, “ठूलो फाइदाको अपेक्षा नगरी कुनै पनि देशले यस्तो जोखिम लिँदैन ।”

डान्डोका अनुसार, यदि यो वास्तवमै दाबी गरिएअनुसारको आणविक परीक्षण हो भने काजाकिस्तानमा देखिएको २.७५ म्याग्निच्युडको घटना सायद दशौँ टन टीएनटी बराबरको विष्फोटसँग सम्बन्धित हुन्छ । तर, ठूलो खाडल खनेर र त्यसको बीचमा आणविक उपकरण राखेर सयौँ टन विष्फोट गराए पनि लुकाउन सम्भव हुन सक्छ ।

झाओका अनुसार चीनसँग यस्तो परीक्षण गर्नका लागि धेरै कारणहरू हुन सक्छन् । यसले अमेरिकासँगको सीमित युद्धमा प्रयोग गर्न सकिने कम क्षमताका आणविक हतियार विकास गर्न वा हाइपरसोनिक हतियारका लागि नयाँ डिजाइन परीक्षण गर्न चाहिरहेको हुन सक्छ । एजेन्सी

Advertisement Banner
Previous Post

स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो

Next Post

कपिल देव र गावस्करसहित १४ पूर्वकप्तानद्वारा इमरान खानका लागि अपिल

Editorial Team

Editorial Team

Next Post
कपिल देव र गावस्करसहित १४ पूर्वकप्तानद्वारा इमरान खानका लागि अपिल

कपिल देव र गावस्करसहित १४ पूर्वकप्तानद्वारा इमरान खानका लागि अपिल

Recommended

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

5 months ago
Today is International Nelson Mandela Day

Today is International Nelson Mandela Day

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.