काठमाडौं-– नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नयाँ वर्ष २०२६ को अवसरमा विश्वभर विभिन्न कार्यक्रम गर्दै नयाँ वर्ष मनाइँदै छ । विश्वका राष्ट्रहरू आफ्ना–आफ्ना टाइम जोनअनुसार मध्यरात हुँदै जाँदा नयाँ वर्षको स्वागत गरिरहेका छन् ।प्रशान्त महासागरको किरितिमाती टापु सन् २०२६ मा प्रवेश गर्ने पहिलो स्थान बन्यो । न्यूजिल्यान्ड र अस्ट्रेलियाले आतिशबाजीसँगै सन् २०२६ को स्वागत गरेका छन् ।न्यूजिल्यान्डको अकल्यान्ड सहरमा आतिशबाजीसहित नयाँ वर्षको स्वागत गरियो ।
नेपालमा पनि नयाँ वर्ष मनाइएको छ । विशेषगरी काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यकाबाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।





