नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणाले उठाइन सीमा समस्याको मुद्दा

काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।
राणा पहिलोपटक मन्त्री बनेकी हुन् तथा रोजेको मन्त्रालय पाउनेभएकी उहाँले मन्त्रिपरिषदको सातौं वरियतामा रहनेछिन ।
पदभार ग्रहणपछि उनले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् ।
उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताइन ।
बोर्डरहरूमा पहिलाजस्तै यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुनपर्ने भन्दै तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने उनको दावी थियो ।
मन्त्री राणाले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन।
उनलाई विभिन्न भ्रष्टाचार तथा अनियमितताका काण्डमा संलग्न भएको आरोप लगाउने गरिन्छ । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी तथा त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए ।
कांग्रेस समानुपातिक मार्फत प्रतिनिधि सभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुन । लामो समय गैर सरकारी संस्थाहरुमा व्यस्त रहेकी उनी ०५१ सालमा देउवासँग विवाह गरेपछि पनि लामो समय सक्रिय राजनीतिमा दिएकि छिन ।

Comments are closed.