सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
क्र.सं. | नाम, थर | पदनाम | कार्यविभाजन |
१. | श्री जीवनराम श्रेष्ठ | मन्त्री | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
२. | श्री मेटमणि चौधरी | मन्त्री | सहरी विकास |
३. | श्री भवानी प्रसाद खापुङ | मन्त्री | स्वास्थ्य तथा जनसङ्ख्या |
४. | श्री शेरबहादुर कुँवर | मन्त्री | श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
साथै सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूसमक्ष नवनियुक्त माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्री हिराचन्द्र के.सी. ज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
Comments are closed.