Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

Editorial Team by Editorial Team
June 3, 2022
in Awards, Feature, Kathmandu, Literary Festival & Event, Literature, Nepali
0
परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – १८, जेठ, परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ । राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित समारोहबीच हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मकर्मी चेतन कार्कीको नामबाट यसै वर्ष थालनी गरिएको चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा वर्ष २०७७ र ०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई प्रदान गरिएको छ । चार दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्याउन महत्वपुर्ण योगदान पुर्याएबापत अभिनेत्री शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी, तीन दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृति तथा फिल्म क्षेत्रको प्रवद्र्धन र पेसाकर्मीको उत्थानका लागि देश विदेशमा योगदान पुर्याएवापत पत्रकार गिरीलाई ०७८ सालको हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ। पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ। २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले पति हरि शम्सेरसमेतको नाममा अक्षय कोष खडा गरी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो।
त्यस्तै, गीतकार, लेखक, निर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा यसैबाट स्थापित चेतन कार्की स्मृति पुरस्कार ११ हजार एक सय ११ रुपियाँसहित लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको छ भने परिवर्तन पत्रकारिता विशेष सम्मान सञ्चारकर्मी दिनेश सिटौलालाई प्रदान गरिएको छ। यसैगरी, परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले आफ्ना माता पिता श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७७ र २०७८ सालका लागि क्रमशः अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गरिएको छ। पुरस्कारको राशी जनही १० हजार रुपियाँ रहेको छ।
कार्यक्रममा फिल्म क्षेत्रमा विशेष योगदान पुर्याएवापत निर्देशक मदन घिमिरे, निर्माता–निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक– निर्माता मौनता श्रेष्ठ र अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गरिएको छ भने प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आबद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पुर्याएवापत चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी), निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा विसी, खेलाडी–कलाकार नन्दा बस्याल, रंगकर्मीहरु मञ्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई परिवर्तन सम्मानबाट सम्मान गरिएको छ।
नारी शक्तिका रुपमा केवल महिलालाई अतिथी बनाइएको कार्यक्रममा हरितारा चलचित्र पुरस्कारकी संरक्षक मालिका राना, फिल्मकर्मी चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, समाजसेवी शाबित्री कोईराला, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, रेखा थापा, दीपाश्री निरौला, रेजिना उप्रेती, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, फिल्म निर्देशक सम्झना उप्रेती रौनियार र आयोजक संस्था परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले पुरस्कार र सम्मान प्रदान गरेका थिए।

 

Advertisement Banner
Previous Post

परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

Next Post

South Summit Madrid: $200 billion investment portfolio and more than 200 funds

Editorial Team

Editorial Team

Next Post
South Summit Madrid: $200 billion investment portfolio and more than 200 funds

South Summit Madrid: $200 billion investment portfolio and more than 200 funds

Recommended

Nepal records trade surplus with 36 countries, deficit with 116; Nepal recorded its largest trade deficits with India (Rs 416.71 billion) and China (Rs 195.36 billion)

Nepal’s Seven-month foreign trade records Rs 955 billion deficit

2 months ago
‘यी मान्छे, यी नजर’ गजलसंग्रह प्रकाशित

‘यी मान्छे, यी नजर’ गजलसंग्रह प्रकाशित

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.